झापाबाट दुई नक्कली प्रहरी पक्राउ

मङ्लबार, पुस २९, २०७६



झापा । बाह्रदर्शी गाउँपालिका -३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौँ भनी नगद असुली गरिरहेको अवस्थामा दुई जना नक्कली प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय परशुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जीवन दास रहेका छन् । उनीहरूले प्रदेश प्रहरी कार्यालय विराटनगरको सिआइबी प्रहरी हौँ भन्दै ७ हजार रुपैयाँ  नगद असुली गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments