हत्या गरेको अभियोगमा एक जना पक्राउ

आइतवार, पुस २७, २०७६



रसुवा । आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङ बस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई गोसाईंकुण्ड गाउँपालिका-५ स्याफ्रू बजारबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

आपसी वाद(विवादको क्रममा शनिवार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि फरार रहेका तामाङलाई सीमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments