पेस्तोल सहित दुई जना पक्राउ

आइतवार, पुस २७, २०७६



काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाले पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका-९ गौशाला पिङगलास्थानबाट पेस्ताेल सहित  पक्राउ परेका हुन ।

 पक्राउ पर्नेमा  धनुषा गणेशमान सारनाथ नगरपालिका-७ का धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका-६ का दिनेश कुमार झा रहेका छन । प्रहरीले बा‍.१५ च. ७५३६ नम्बरको कारलाई चेक जाँच गर्दा कारको पछाडिको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा घरेलु रूपमा तयार गरिएको रिभल्भर पेस्तोल १ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments