अनलाइन मार्फत ठगी गर्ने पाँच जना पक्राउ

मङ्लबार, पुस २२, २०७६



काठमाडौं । अनलाइनबाट ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका पाँच  जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङ छन् ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments