६ लाख ८४ हजार भन्दा बढि रकम सहित १४ जुवाडे पक्राउ

सोमवार, पुस २१, २०७६



भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका ९ निलबाराही बस्ने सुरेश श्रेष्ठको निलबाराही रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय उमेश तको लगायत १४ जना पक्राउ परेका हुन ।

सोमबार बिहान उनीहरुकाे साथबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र ४ बुक तास सहित  प्रहरीले पक्राउ गरेको हाे।  महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा  रंगेहात पक्राउ गरेको  प्रहरीले जनाएको छ । घटनाकाे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments