मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने तीन भारतीय नागरिक पक्राउ

आइतवार, पुस २०, २०७६



काठमाडौँ । अवैध तरिकाले सुन भित्रिन क्रम बढिरहेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट सुन तस्करी सुन सहित पक्राउ पर्ने क्रम जारी रहेको छ ।  मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने तीन जना भारतीय नागरिक आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

विमानस्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय २० ग्राम हिरासहित तीन जना पक्राउ परेका हुन् ।  प्रहरीले एयर अरेबिया र नेपाल एयरलाइन्सको जहाजमा आएका भारतीय नागरिकको साथबाट सुन र हिरा बरामद गरेको हो । केहि दिन अघि दुइ भारतीय नागरिक अवैध दूइ किलाे सुन सहित पक्राउ परेका थिए । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments