कृषि विकास बैङ्क ह्याकिङ प्रकरण- १ करोड रुपैयाँसहित याेजनाकार पक्राउ

आइतवार, पुस २०, २०७६



काठमाडौँ । कृषि विकास बैङ्क ह्याकिङ प्रकरणमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । कृषि विकास बैङ्कको सिस्टम ह्याक गरी एक करोड रुपैयाँ निकालेर फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रङ्गेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाल रहेका छन् ।

अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले गत शुक्रवार पक्राउ गरेको हो ।  भारतीय र नाइजेरियाका नागरिकहरूसँग मिलेर उनले भारतको मुम्बईमा बसेर नेपालका बैंकहरुको सिस्टम ह्याक गरेर रकम निकाल्दै आएका थिए ।नाइजेरियन र भारतीय नागरिकहरू सँग लामो समय देखि भारतको मुम्बई साथै नेपालमा बसी नेपालका बैङ्क तथा वित्तीय संस्थाहरूबाट रू ५ अर्व ५० मिलियन डलर भन्दा बढी रकम Hack गरी लैजाने योजना बनाई फरार व्यक्तिकाे सूचीमा रहेका थिए ।   आवश्यक कारवाही को लागि अभियुक्तलाई  काठमाडाै जिल्ला अदालत पठाईएको अपराध महाशाखाले जनाएकाे छ  ।

कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा यसअघि प्रहरीले १ दर्जन भन्दा बढीलाई पक्राउ गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments