पेस्तोल र गोली सहित दुई जना पक्राउ

शुक्रबार, पुस १८, २०७६



सुनसरी । इटहरी उपमहानगरपालिका-८ कदमा टोलबाट पेस्तोल १ थान र गोली ५ राउन्ड सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-४ बस्ने ३३ वर्षीय जागिर खान र सुनसरी हरीनगरा गाउँपालिका-७ बस्ने ४७ वर्षीय जमिल अंसारी रहेका छन् ।

उक्त स्थानमा अवैध हातहतियार ओसार पसार तथा कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्ने क्रममा जागिर खानको साथबाट उक्त हतियार फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments