सुन सहित एक भारतीय नागरिक पक्राउ

मङ्लबार, पुस १५, २०७६



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आधा किलो सुन सहित १ जना भारतीय नागरिकलाई मङ्गलवार बिहान पक्राउ गरेको छ ।

Fly Dubai एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउने क्रममा विमानस्थलमा चेक जाँच गर्दा भारतीय नागरिक महाराष्ट्र, उमाशङ्कर थानी बस्ने हरिराम सुनिल (Passport N. R76388733) लाई आधा किलो सुन सहित विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको छ ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments