छोरीकाे हत्या गरेको अभियोगमा बाबु पक्राउ

मङ्लबार, पुस १५, २०७६



कञ्चनपुर । आफ्नै ४ वर्षीया छोरी सुशीला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१८ सुकुम्वासी टोल बस्ने ३० वर्षीय इन्द्र बहादुर चुनारालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी इन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सुशीलाको अञ्चल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments