कटुवा पेस्तोल सहित तीनजा पक्राउ

सोमवार, पुस १४, २०७६



मोरङ ।  वेलबारी नगरपालिका-५ कसेनी रामपुरबाट कटुवा पेस्तोल सहित तीन जना पक्राउ परेका छन । उनीहरुकाे साथबाट १ थान, गोली २ थान, सिमकार्ड १८ थान, मोबाइल ८ थान र विभिन्न पम्पेलट २ हजार १ सय थान समेत बरामद गरेकाे छ  ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-८ बस्ने ३० वर्षीय क्षितिज पौडेल र पथरी शनिश्चरे नगरपालिका-३ सिद्धार्थ टोल बस्ने ५६ वर्षीय चिरन्जिवी धिताल रहेका छन् । साेहि ठाउँबाट हातहतियार सहित उनिहरूले चन्दा असुल गरी हिडेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई सुनसरी-मोरङ आयोजनाको नहर छेउ केराघारीमा लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेकाे हाे ।

 पक्राउ परेका मध्य निज चौलागाई २०७६ भदौ २१ गते ईटहरी उपमहानगरपालिका-९ स्थित गोदावरी स्कुलको कम्पाउण्डमा र २०७६ भदौ २३ गते झापा विर्तामोड नगरपालिका-२ चारपाने चोकस्थित सहारा नेपाल सहकारी संस्थामा भएको बम बिष्फोटन घटनामा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङ जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments