डान्सबारबाट मेयर युवती सहित पक्राउ

सोमवार, पुस १४, २०७६



कञ्चनपुर । कांग्रेसबाट निर्वाचित मेयर डान्सबारबाट युवती सहित पक्राउ परेका छन । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामी महेन्द्रनगर स्थित ब्लू डान्सबारबाट युवती सहित पक्राउ परेका हुन ।

मध्यरातमा मदिरा सेवन गरि होहल्ला गरेको भन्दै मेयर धामीलाई सम्झाई बुझाई गरि छोडिएको प्रहरीले जनाएको छ ।  डान्सबारमा विवाद भएको खबर प्राप्त भएपछि प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments