स्राेत नखुलेको चार लाख नगदसहित तीन जना पक्राउ

शुक्रबार, पुस ११, २०७६



पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्राेत नखुलेको नेपाली नगद ४ लाख रुपैयाँ  सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पूर्बी चम्पारण रक्सौल-१० बस्ने ४४ वर्षीय सुशिल कुमार शर्मा र सोही ठाउँ बस्ने सरोजनी कुमारी र वीरगंज महानगरपालिका-१० आदर्शनगरस्थित आकृति कस्मेटिक पसलका संचालक ५४ वर्षीय राज कुमार अग्रवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको ना.२९ प ८५९५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार सुशिल र सरोजनीलाई उक्त रकम सहित फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा उनीहरुले हुण्डी कारोवारका लागि उक्त रकम राज कुमारलाई दिनका लागि ल्याएको बताएपछि राज कुमारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments