चार थान भरुवा बन्दुक सहित ७ जना सिकारी पक्राउ

बिहिबार, पुस १०, २०७६



बाजुरा । चार थान भरुवा बन्दुक सहित ७  जना सिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले बुढिनन्दा नगरपालिका वडा नम्बर ८ स्थित शिल्पे लेकमा अबैध रुपमा वन्यजन्तुको चोरी शिकार गरिरहेकाे भन्ने  सुचनाका आधारमा  भरुवा बन्दुक सहित ७ जना   सिकारीलाई नियन्त्रणमा लिएको हो ।

गत पुस ७ गते सिकार खेल्ने क्रममा बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा सिकार खेल्ने क्रममा सुरेन्द्र बोहोरा दाई नरेन्द्र बोहोराले बोकेको बन्दुकबाट गोली लागि घाइते भएका थिए । प्रहरीले सुरेन्द्र बोहोरालाई सोधपुछ गर्दा उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुकाे साथबाट ५ थान बन्यजन्तुकाे छाला समेत  बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका विरुद्ध“मुलुकी अपराध संहिता ऐन २०७४” को दफा १३२ बमोजिम “हातहतियार खरखजना सम्बन्धी कसुर”मा मुद्धा दर्ता गरी अनुसन्धान कार्य भईरहेको  प्रहरीले जनाएको छ ।

 प्रहरीले बरामद गरेकाे हतियार, बन्यजन्तुकाे छाला र पक्राउ परेका व्यक्तीकाे विवरण 

 

police

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments