पेस्तोल सहित नेपाली सेनाका एक भगौडा पक्राउ

बुधबार, पुस ९, २०७६



काठमाडौं । मंलबार दिउसो हतियार सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा  रामेछाप मन्थली नगरपालिका वडा नम्बर १३ घर भई काठमाडौं महानगरपालिका चुनिखेल १३ बस्ने ३५ वर्षीय रोशन बर्देवा रहेका छन ।

काठमाडौं महानगरपालिका बालुवाखानि तर्फ हतियार बोकेर हिँडिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा बर्देवालाई अपराध महाशाखाको विशेष टोलीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले जनाएका छन । उनको साथबाट एक थान पेस्तोल बरामद गरेको प्रहरी उपरिक्षक ढकालले जनाए । उनी नेपाली सेनाको भगौंडा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments