एकै दिन १ सय २२ चिनियाँ नागरिक पक्राउ, साइबर अपराधको आशंका

मङ्लबार, पुस ८, २०७६



काठमाडौं । प्रहरीले सोमबार गैरकानुनी रुपमा काठमाडौंमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न १ सय २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

यसरी अवैध रुपमा बसेर आपराधिक गतिविधिमा संलग्नहरुमा चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै चिनियाँ नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए ।

उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

एसएसपी सुवेदीका अनुसार उनीहरुलाई काठमाडौंको मनमैजु, बाँसवारी, बूढानीलकण्ठलगायतका स्थानबाट पक्राउ गरिएको हो ।

उनीहरु लामो समयदेखि अपार्टमेन्ट र होटलमा बस्दै आएका थिए । पक्राउ परेकाहरुबाट प्रहरीले ल्यापटप, मोबाइल फोन र सिम बरामद गरेको छ ।

उनीहरुमाथि थप अनुसन्धानपछि मात्र अपराधको प्रकृति थाहा हुने एसएसपी सुवेदीको भनाइ छ । प्रहरीले भने साइबर अपराधको आशंका गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments