११ जुवाडे पक्राउ

सोमवार, मंसिर ३०, २०७६



दाङ । जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन । तुल्सीपुर उपमहानगरपालिका ६ स्थित सोही उपमहानगरपालिका- ८ बस्ने ३० वर्षीय कमल घर्ती मगरको एलेक्सि जोन पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा कमल घर्ती मगर सहित ११ जना पक्राउ परेका हुन ।

उनीहरकाे साथबाट नगद ५८ हजार ५ सय ५० रुपैयाँ र २ बुक तास समेत बरामद गरिएकाे  प्रहरीले  जनाएकाे छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments