बाघको छाला र हड्डी सहित एक जना पक्राउ

बिहिबार, मंसिर २६, २०७६



दैलेख । बाघको छाला सहित एक जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका ४ तिलुकाना बस्ने ६८ वर्षीय शिब बहादुर शाहीलाई बाघको छाला १ थान र हड्डी सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई छिपाई राखेको उक्त छाला तथा हड्डी फेला पारी शाहीलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments