बम विस्फोट गराई फरार रहेकाे आरोपमा विप्लव समुहका मेचिनगर ईन्चार्ज पक्राउ

आइतवार, मंसिर २२, २०७६



काठमाडौं ।  गत भाद्र २३ गते बम विस्फोट गराई फरार रहेकाे आरोपमा “विप्लव समुहका मेचिनगर ईन्चार्ज पक्राउ” परेका छन । झापा जिल्लाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षती पुर्याएकाे अभियाेगमा ३७ वर्षीय याम कुमार गिरी  पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

विस्फाेट पछि फरार रहेका ब्यक्तिहरु मध्य नेकपा विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर ईन्चार्ज याम कुमार गिरीलाई  महाशाखाबाट खटिएको बिशेष टोलीले मिति  शनिबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भईरहेको जनाइएकाे छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments