लागूऔषध सहित काठमाडौंबाट दुई युवक पक्राउ

बुधबार, मंसिर १८, २०७६



काठमाडौं । लागूऔषध सहित काठमाडौंबाट दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  महानगरीय प्रहरी प्रभाग कोटेश्वरले लागुऔषध उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका ३२ फेमली क्याफेबाट काभ्रे बनेपा बस्ने मकवानपुर हेटौडाका सुवास पराजुली र सोही ठाउँका मनिश शाहीलाई पक्राउ गरेको छ । निजहरूको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata