बम बिष्फोटनमा संलग्न रहेको अभियोगमा एक पक्राउ

बुधबार, मंसिर १८, २०७६



उदयपुर ।   बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा एक जना  पक्राउ परेका छन ।  भदौ २ गते  त्रियुगा नगरपालिका-६ जलजलेस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा उदयपुर गाईघाट बजार बस्ने रुकुम मुसिकोट नगरपालिका-१४ का देहज भन्ने २१ वर्षीय हरि बहादुर बिष्ट पक्राउ परेका हुन

उक्त बिष्फोटन भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये बिष्टलाई त्रियुगा नगरपालिका-३ बसपार्कबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata