‘सिद्धबाबा कृष्णदाश महाराज’ अस्पतालबाट पक्राउ
सोमवार, मंसिर १६, २०७६

काठमाडौं ।बलात्कारको अभियोगमा ‘सिद्धबाबा कृष्णदाश महाराज’ अस्पतालबाट पक्राउ परेका छन । आफ्ना एक अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा उनी उनी सोमबार पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले सोमबार बिहान ५ बजे गिरीलाई विराटनगरस्थित विराट नर्सिङ होमबाट पक्राउ गरेको हो । बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि आइतबार प्रहरीले उनलाई पक्राउ गरेन । गत कात्तिक ४ गते आफुलाई बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएपछि प्रहरीले यसबारे अनुसन्धान शुरु गरेको हो ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments