३८ लाख १२ हजार नगद सहित दुई हुण्डी कारोबारी पक्राउ
शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा दुई हुण्डी कारोबारी पक्राउ परेका छन । रकम ३८ लाख १२ हजार रुपैयाँ र विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१८ नरदेवी ठेगाना भएका काठमाडौं रणमुक्तेश्वरस्थित अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय गोवर्धन प्रसाद सरावगी र अर्घाखाची शितगंगा नगरपालिका-४ जोगेनिकोट ठेगाना भएका २३ वर्षीय कृष्ण प्रसाद भट्टराई रहेका छन् ।
काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे जनाएकाे छ । काठमाडौं न्युरोडबाट गोवर्धनले हुण्डि गर्न दिएको अवैध रकम नगद ३० लाख रुपैयाँ सहित कृष्णप्रसादलाई तथा अवैध रकम नगद ८ लाख १२ हजार रुपैयाँ लगायत विभिन्न व्यक्तिहरूको नाममा काटिएको चेक सहित गोवर्धनलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments