नक्कली प्रहरी निरिक्षक पक्राउ

बिहिबार, मंसिर १२, २०७६



पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षकहुँ भनी पैसा असुलीकाे  अभियोगमा एक जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा  वीरगंज महानगरपालिका-५बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेका छन ।

बुधबार चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ बस्नेए क व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँधरौटीमा छुटेको व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata