नक्कली हस्ताक्षर गरेर जनता बैंकबाट पैसा निकाल्ने ६ जना पक्राउ

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । नक्कली हस्ताक्षर गरेर जनता बैंक खाताबाट रकम झिक्ने ६ जना पक्राउ परेका छन् । प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने समूहका ६ जनालाई नगद १८ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–३ घर भएका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविबन्द घिमिरे रहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सुमन काठमाडौंको बुद्धनगर, गोबिन्द सुविधानगर र अन्य युवा कालिमाटी बस्दै आएका थिए । उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं रुपैयाँ निकाल्ने गरेको देखिएको प्रहरीले बताएको छ ।

उनीहरुले गोपालमान राजवाहकको हस्ताक्षर किर्तेगरी जनता बैंकमा रहेको खाताबाट पटक–पटक गरी १९ लाख ९० हजार रुपैयाँ निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ । प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata