ह्याण्डीक्राप्ट कारखाना चोरीमा संलग्न ४ जना पक्राउ

सोमवार, मंसिर ९, २०७६



काठमाडौं ।  काठमाडौं महानगरपालिका-१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका-४ घर भएका रमेश रसाईलीको ह्याण्डीक्राप्ट कारखानाबाट करिब १२ लाख रुपैयाँ मूल्य बराबरको पित्तल तथा काठका विभिन्न घण्टी, बज्र लगायतका सामानहरु चोरी भएको घटनामा संलग्न ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ बनस्थली डेरा गरी बस्ने काभ्रे नमोवुद्ध नगरपालिका घर भएका दयाराम गहतराज, काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका २४ वर्षीय रोशन लामा, ३० वर्षीय मान बहादुर विक र २२ वर्षीय राम लाल तामाङ रहेका छन् ।

गत शनिबार उक्त कारखानामा भएको चोरीको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी भएको उक्त सामान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata