१ लाख ५९ हजार साउदी रियाल सहित एक भारतीय नागरिक पक्राउ

सोमवार, मंसिर ९, २०७६



काठमाडौं । १ लाख ५९ हजार साउदी रियाल सहित एक भारतीय नागरिक पक्राउ परेका छन ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतिय नागरिक ४७ वर्षीय ASHFAQ MIRZA  पक्राउ परेका हुन ।

अवैध रुपमा लुकाई छिपाई लैजान लागेको १ लाख ५९ हजार साउदी रियाल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियाे । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata