लागूऔषध गाँजा सहित दुई जना पक्राउ

सोमवार, चैत्र २६, २०७४



काठमाडाै‌ ।  लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप बिगुलकोट–४ घर भएका २२ बर्षीय मिलन सुनुवार र सोलु घर भएका २४ बर्षीय मुगाधन राई रहेका छन् ।

उनीहरु काठमाडौँ महानगरपालिका–७ गौरीघाट डेरा गरी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनीहरुकाे साथबाट लागूऔषध गाँजा २ के.जी. समेत बरामत गरेकाे जनाएकाे छ ।
महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले सुनुवारको कोठा तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank