५८ केजी अवैध लागूऔषध चरेश र नगद सहित ५ जना पक्राउ

आइतवार, मंसिर १, २०७६



बर्दिया ।  गुलरिया नगरपालिका-७ भन्सार रोडबाट अवैध लागूऔषध चरेश ५८ केजी, मोबाइल ५ थान र नगद ३२ हजार ५ सय ९८ रुपैयाँ सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका बस्नेहरु रुकुम९पुर्व० खबाङका ३४ वर्षीय राजकुमार पुनमगर, रुकुम ९पश्चिम० मुसिकोट नगरपालिका-१ का २७ वर्षीया जुनतारा पुन, रुकुम(पुर्व) भुमे गाउँपालिकाका ३४ वर्षीया सुनथामी बुढामगर, रोल्पा दुईखोली गाउँपालिका-८ का २९ वर्षीय खीम प्रसाद रोकामगर र रुकुम( पुर्व) पुथा उत्तरगंगा गाउँपालिका बस्ने २६ वर्षीया अस्मिता रामजाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata