चोरीका तीन कारसहित एक जना पक्राउ

शुक्रबार, कार्तिक २९, २०७६



काठमाडौं ।  चाेरीका तीन कार सहित तीन जना पक्राउ परेका छन ।   चोरी गरिएका बा‍.२१ च ८७१४ र बा.१८ च ३१३८ नम्बरको स्कर्पियो तथा बा.११च ९७९४ नम्बरको प्राईभेट फर्च्युनर कार सहित काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित आदित्य  ट्रान्सपोर्टका संचालक पक्राउ परेका  हुन ।

काठमाडौं तार्केश्वर नगरपालिका गोलढुङ्गा बस्ने गोरखा सुलिकोट गाउँपालिका-७ घर भएका ३४ वर्षीय मुकुन्द प्रसाद पुडासैनीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ । उक्त ट्रान्सपोर्टले चोरीको गाडीहरु प्रयोग गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले पुडासैनीलाई कलंकीबाट उक्त गाडीहरु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata