स्वचालित पेस्तोलसहित दुई पक्राउ

बिहिबार, कार्तिक २८, २०७६



चितवन । स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भण्डाराले  जनाएको छ । आज(बिहान) बिहान २ बजे  राप्ती नगरपालिका–६ हर्दीबाट उनीहरूलाई  पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata