कटुवा पेस्तोल सहित एक जना पक्राउ

मङ्लबार, कार्तिक २६, २०७६



मोरङ । कटुवा पेस्ताेल   सहित एक जना पक्राउ परेका छन ।  बिराटनगर महानगरपालिका-१५ बाट कटुवा पेस्तोल १ थान सहित सोही महानगरपलिका ५ बस्ने २५ वर्षीय बिल नरसिंह भन्ने दिपक गुरुङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पैदल हिड्दै गरेका गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथबाट उक्त हतियार फेला पारेको जनाएकाे छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे  प्रहरीले  जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata