१७ वर्षपछि हत्या अभियोगमा फरार रहेका दुई अभियूक्त पक्राउ

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । हत्या अभियोगमा फरार रहेका दुई अभियूक्त १७ वर्षपछि पकाउ परेका छन । वि.स. २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस २ हाल खनियाबास गाउँपालिका ३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका(६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका- ३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् । केन्द्रिय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या फरार भएका थिए । साथै वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आए पश्चात गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएको र शुक लामा तामाङ कतार तथा मलेशिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल संचालन गरी लुकुछिपि बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।  पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको सो व्यूरोले जनाएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata