कोदालो प्रहार गरि हत्या गर्ने पक्राउ

शुक्रबार, कार्तिक १५, २०७६



खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका-४ डाँडाखर्क बस्ने १८ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र अस्थाई प्रहरी चौकी खानिडाँडाबाट खटिएको प्रहरीले अनुसन्धानको लागि पवन लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata