तीन मजदूरको लिङ्ग काटेर हत्या गरेको अभियोगमा एक जना पक्राउ

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको लिङ काटेर हत्या गरेको अभियोगमा एक नेपाली पक्राउ परेका छन ।
भारतको पिथौरागढमा दुई दाजु भाइ सहित तीन जनाको हत्याको आरोपमा भारतीय प्रहरीले एक नेपालीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली मजदुर धनबहादुर बोहोरा रहेको भारतीय मिडियाले जनाएका छन ।

कार्तिक ११ गते पुर्चौंडी नगरपालिका ५ दहतोलीका हरिश बोहरा, उनका सहोदर भाई बीरा बोहरा र पुरचौंंडी नगरपालिका ४ भटना तडीखेतीका काशी बोहराको गत ८ गते लिंग काटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना लगत्तै भारतीय प्रहरीले अनुसन्धान तिब्र बनाएको थियो ।

उनीहरुको हत्याको आरोपमा पक्राउ परेका धनबहादुर बोहोराले हत्या गरेको स्वीकार गरेको  भारतीय पत्रकार राजेश पंगरीयाले जनाएका छन । बोहोरालाई पिथौरागढबाट १२० किलोमिटर टाढा रहेको मन्सुयारीबाट नियन्त्रणमा लिएको समेत पत्रकार पंगरीयाले जानकारी दिए ।

भारतीय प्रहरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि अभियुक्तलाई सार्वजनिक गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata