सुन सहित अन्तराष्ट्रिय बिमान स्थलबाट एक भारतीय नागरिक पक्राउ

सोमवार, चैत्र १९, २०७४



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट दुई किलो सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । कम्मरमा बाध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुबईबाट आएका भारतीय नागरिक हरिफलाई सोमबार बिहान  प्रहरी र भन्सार कार्यालयको टोलीले पक्राउ गरेको हो।

हरिफले धुलो बनाएर पेटीभित्र सुन लुकाएका थिए। उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए। पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्। घटनाको  बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank