पाटे बाघको छाला सहित दुई जना पक्राउ

शुक्रबार, कार्तिक १, २०७६



काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्गले दुर्लभ बन्यजन्तु पाटेबाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ।दुर्लभ बन्यजन्तुको छाला सञ्चय गरी बिक्री बितरणको लागि ओसार प्रसार गरी रहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विहिबार पक्राउ गरेकाे हाे ।

काठमाडाै महानगरपालिका-२७ ज्याठाबाट धादिङ सिद्धलेख गाउँपालिका-०४ घर भई काठमाण्डौ महानगरपालिका- १५ ठुलो भर्‍याङ बस्ने  २३ वर्षीय शरण थापामगर र नुवाकोट सुर्यगढी गाउँपालिका-०३ घर भई काठमाण्डौ नागार्जुन स्विचाटार बस्ने  ४१ वर्षीय  राम तामाङलाई पक्राउ गरेको हाे ।

बा‍ ४२ प‍ ९८६४ नम्बरको मोटरसाईकलाई चेकजाँच गर्दा प्लाष्टिकको बोरा भित्र लुकाई मोटरसाईकलमा लिई हिडदै गरेको अबस्थामा दुर्लभ बन्यजन्तु पाटे बाघको छाला २ थान बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata