गोली प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

शुक्रबार, कार्तिक १, २०७६



रुपन्देही । ओमसतिया गाउँपालिका ५ बस्ने ४२ वर्षीय महेन्द्र प्रसाद कुर्मीलाई गोली प्रहार गरी हत्या गरी उनको साथमा रहेको नगद ५ लाख लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत युपि गोरखपुर थाना कम्पियरगन्ज मछरी गाँव बस्ने ४० वर्षीय मनिष हरिजन (चमार) रहेका छन ।  गत भदौ २९ गते सिद्धार्थ नगरपालिका ८ स्थित हिमालयन बैंकबाट ५ लाख रुपैयाँ लिई लु.९ प ८२३५ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका कुर्मीलाई रोहिणी गाउँपालिका ३ बैकुण्ठपुरस्थित हुलाकी सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार अपरिचित ब्यक्तिहरुले गोली प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको तथा मृतकको साथमा रहेको उक्त नगद लुटपाट भएको थियो ।

उक्त घटनाको सुक्ष्म अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले घटनामा संलग्न व्यक्तिमध्ये मनिषलाई सिद्धार्थ नगरपालिका-२ स्थित मेउडिहवा फुलपुर भन्ने स्थानमा घटनामा प्रयोगमा भएको युपि ५३ डिबि ९९८३ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata