हत्याको अभियोग लागेका पूर्वमन्त्री आलम सात वर्षपछि पक्राउ

आइतवार, अशोज २६, २०७६



काठमाडौं । सर्वाेच्च अदालतले आदेश दिएको सात वर्षपछि पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेका छन । हत्याको आरोप लागेका नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा मन्त्री आलमलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । आलम रौतहट क्षेत्र नम्बर दुईबाट निर्वाचित कांग्रेसका सांसद हुन्  २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बिस्फोट भएको थियो । सो विस्फोटमा केहीको मृत्यु हुनुका साथै दुई दर्जन मानिस घाइते भएका थिए । सर्वोच्च अदालतले २०६९ मा दोषी प्रमाणित गर्दै उनलाई पक्राउ गर्न आदेश दिएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments