बैंक अफ काठमाण्डू का पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जना पक्राउ

आइतवार, अशोज ५, २०७६



काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) का पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जना पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कमसल धितोमा साढे चार करोड रूपैयाँ ऋण प्रवाह गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

झापामा खोलाभित्रको जग्गा देखाएर डेढ करोड र अन्य कमसल धितोमा तीन करोड गरी साढे चार करोड रूपैयाँ ऋण निकासा गरेको अभियोगमाथि छानबिनका लागि पक्राउ गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata