अवैध लागूऔषध सहित ५ जना पक्राउ

बुधबार, चैत्र १४, २०७४



काठमाडौं । अवैध लागू औषध सहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सानेपा बस्ने ३३ बर्षीय राजिव पन्त, काठमाडौं त्रिपुरेश्वर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने २६ बर्षीय विकल शाही, भक्तपुर खरीपाटी घर भई ललितपुर सानेपा बस्ने २९ बर्षीय राजु तामाङ्ग र कुपण्डोल घर भई हरिसिद्धी बस्ने ३६ बर्षीय सार्थक पन्थीलाई रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले लागुऔषध नोर्फिन १ सय ५० एम्पुल, डाईजेपाम १ सय ५० एम्पुल र फेनागन २ सय ५० एम्पुल सहित पक्राउ गरेको छ ।

यस्तै मनहरी गाउँपालिका–७ बस्ने गणेश लामालाई प्रहरीले अवैध लागूऔषध अफिम ७ सय ग्राम सहित पक्राउ गरेको छ । लामाले घरमा लागूऔषध अफिम लुकाई छिपाई राखेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी र नेवारपानीबाट खटिएको प्रहरी टोलीले मंगलबार घर तलासी गर्दा ना.३ ९प ६६७ नम्बरको मोटरसाइकलको लेगार्डमा प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा उक्त अफिम बरामद भएको थियो ।  घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

81 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank