नक्कली सुन सहित एक जना पक्राउ

मङ्लबार, भदौ ३१, २०७६



काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले सोमबार  काठमाडौं  महानगरपालिका-१६ माछापोखरीबाट नक्कली सुन सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका घर भई काठमाडौं ठुलोभर्याङ बस्ने बर्ष-४२ को राजकुमार बम्जन छन् । निजको साथबाट अन्दाजी १ किलो नक्कली सुन बरामद गरेको थियो ।

बिक्रिको लागि बार्गेनिङ भई रहेको सुचनाको आधारमा निजलाई नक्कली सुन सहित पक्राउ गरिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata