दुई थान कटुवा पेस्तोल सहित तीन जना पक्राउ

मङ्लबार, भदौ ३१, २०७६



झापा । विर्तामोड नगरपालिका ४ स्थित अनुल सारु मगरको कोठाबाट कटुवा पेस्तोल २ थान,  ४ राउण्ड गोली पक्राउ परेका छन ।

पेस्ताेल,गाेलीका साथै आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माईन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामाग्रीहरु सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विर्तामोड नगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर भिमफेदी गाउँपालिका-२ का २६ वर्षीय अनुल सारु मगर सहित विर्तामोड नगरपालिका-४ मेघाबारी चोक बस्ने झापा हल्दिवारी गाउँपालिका-५ का ४४ वर्षीय टिका पोखरेल र ईलाम माङसेबुङ गाउँपालिका-१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्र रहेका छन् ।

गत भदौ २२ गते राति विर्तामोड नगरपालिका-२ चारपानेमा शंकास्पद बस्तु विस्फोट भएको घटनाको अनुसन्धान गर्ने क्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घटनामा संलग्न उनीहरुलाइ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा टिका पोखरेल र प्रविन मिश्रलाई विर्तामोड नगरपालिका-४ मेघाबारी चोकबाटमे.६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टिकाराम पोखरेलको नाममा रहेको लाईसेन्स १ थान सहित फेला पारी पक्राउ गरेको हो ।

साथै पक्राउ पश्चात थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको उक्त हतियार लगायतका विभिन्न सामाग्रीहरु प्रहरीले फेला पारेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata