नक्कली नोट सहित पक्राउ

आइतवार, भदौ २९, २०७६



सर्लाही । बागमती नगरपालिका८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका ६ बस्ने ४० वर्षीय राजेश साहलाई २ हजार दरको नक्कली नोट २ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments