चरेस सहित पाँच पक्राउ

आइतवार, भदौ २९, २०७६



काठमाडौं । मकवानपुर प्रहरीले चार किलो नौ सय ग्राम चरेशसहित तीन भारतीय नागरिक सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका, १५ रातोमाटेबाट भारतीय नम्बर प्लेटको कारमा लुकाएर ल्याउदै गरेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो ।

चरेस सहित पक्राउ पर्नेमा भारत बिहारका शिवराज सिंह, ज्ञानीकुमार पासवान र राजु महतो रहेका छन् । बिआर शुन्य एक एफ सात ९९८ नम्बरको भारतीय कारको एसी भित्र फल्स बटममा लुकाएर वीरगन्जतर्फ लैजाँदै गर्दा चरेस बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले १२ केजी चारसय ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–आठका राजकुमार थिङ र दिपेश थिङ रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata