जनतान्त्रीक तराई मुक्ति मोर्चाका शैन्य कमाण्डर पक्राउ

सोमवार, चैत्र १२, २०७४



रौतहट । भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन्।

सर्लाही प्रहरीले आइतबार राति यादवलाई पक्राउ गरेको हो। ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत जीवन बिताइरहेका यादवमाथि सर्लाही जिल्ला प्रहरीमा अपहरण तथा फिरौती मुद्दा दायर थियो। गत जेठ १५ गते सर्लाहीको बरहथवा(४ का राम पुकार राय यादवको ८ वर्षका छोरा गोलु रायलाई अपहरण गरी २० लाख फिरौती लिएको आरोप यादवमाथि रहेको छ।

उनीमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कर्तव्य ज्यानसम्बन्धी दुई, अपहरण तथा शरीर बन्धक, चन्दा असुली र विस्फोट गरी ६ वटा मुद्दा रहेको सर्लाही प्रहरी प्रमुख एसपी महम्मद मसाउद अली खाँले जानकारी गराएका छन्। उतर भारतको सीतामढी जिल्लाबाट सिआइबीको टोलीले यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।

रौतहटको गरुडा नगरपालिका ६ अमरपटी टोलका ४२ वर्षीय यादवमाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा पनि गम्भीर अपराधका मुद्दाहरु विचाराधीन छन्। रौतहटका प्रहरी प्रमुख एसपि यज्ञविनोद पोखरेलका अनुसार प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका यादवमाथि बम विस्फोट, आगजनी लगायतका गम्भीर प्रकृतिका चार वटा मुद्दा रहेका छन्।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank