लागुऔषध सहित ६ जना पक्राउ

आइतवार, भदौ २२, २०७६



काठमाडौं । लागूऔषधी सहित प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट ६ जना पक्राउ परेका छन ।

शनिबार भक्तपुर सुर्यबिनायक नगरपालिका १ सिरुटारबाट लागुऔषध ट्रामा १९ पिस सहित ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने २६ वर्षीय प्रभात केसी र २६ वर्षकै देपेश केसीलाई पक्राउ गरेको हो ।

त्यस्तै महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले यही शनिबार साँझ काठमाडौं चन्द्रागिरी नगरपालिका-११ गुर्जुधारामा चेकजाँज गर्दा चन्द्रागिरी नगरपालिका-१२ मुखियागाँउका विक्की रोक्का र धादिङ किरानचोक ४ घर भई काठमाडौं गुर्जुधारा बस्ने वर्ष ३८ की राममाया तामाङ्गलाई लागुऔषध चरेश सहित पक्राउ गरेको छ । निजहरूको साथबाट लागुऔषध चरेश ६५ ग्राम बरामद गरेको थियो ।
यसै गरी महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले यही काठमाडौं महानगरपालिका ९ तिलगंगाबाट लागुऔषध सहित काठमाण्डौ महानगरपालिका-८ पशुपति बस्ने रौतहटका राजमिल खान दास र भारत घर भई पर्सा बिरगंज बस्ने निशा कुमारी शाहलाई पक्राउ गरेको छ । निजहरूको साथबाट फेनारगन, नुफिन र डाईजोपाम गरी जम्मा १६४ एम्पुल लागुऔषध बरामद गरिएको थियो । घटनामा सम्बन्धी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata