हतियार र नक्कली सुन सहित नौ जना पक्राउ

आइतवार, भदौ २२, २०७६



काठमाडौं । काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी स्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट हतियार र सुन सहित नौ जना पक्राउ परेका छन ।

सानो चाईनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलो सहित ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका- १ का २९ वर्षीय राम बहादुर तामाङ, सोही ठाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका- ७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका-४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका-१० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका-५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका-४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका-५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका-६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-१ का २८ वर्षीय राजन तामाङ रहेका छन् ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata