अवैध २९ लाख रकम सहित भारतीय नागरिक पक्राउ

शुक्रबार, भदौ २०, २०७६



कैलाली । अवैध २९ लाख रकम सहित भारतीय नागरिक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैध रकम सहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो ।

यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँ सहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विषेश सूचनाका आधारमा गाडीमा लुकाएको रकम र ६ वटा विभिन्न बैंकका एटिएम कार्डसमेत समेत बरामद गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata