१० जना जुवाडे पक्राउ

बुधबार, भदौ १८, २०७६



ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन । ललितपुर गोदावरी नगरपालिका ९ छम्पी बस्ने सरस्वती थापा मगरको निर्माणाधिन टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा साेहि ठाउँ बस्ने ४९ वर्षीय बिनोद थापा समेत १० जनालाई नगद ६० हजार ९ सय ६० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata